नेप्से हालसम्मकै उच्च विन्दुमा

सोमवार सेयर बजार ३ दशमलव ७१ प्रतिशत बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ । यस दिन बजार २५ सय ८६ दशमलव शून्य १ विन्दुमा पुगेर बन्द भएको हो । २५ सय १७ दशमलव ४६ विन्दुदेखि खुलेको सोमवारको बजार अघिल्लो कारोबार दिनको तुलनामा ९२ दशमलव ४२ अंक बढेको हो ।

 मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत सेयर कर्जासम्बन्धी नियममा परिवर्तन हुने हल्लासँगै  आइतवार बजार ३३ दशमलव ३३ अंकले घटेको थियो । सेयर धितोकर्जाको सीमालाई घटाउने हल्लाले प्रभावित बनेको  बजार सोमबार लयमा फर्किएको हो । 

यस दिन ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १५ दशमलव ३३ अंकले बढेर ४६९ दशमलव ४४ विन्दुमा पुगेको छ । 
विगत  केही दिनदेखि ओरालो लागेको लघुवित्त समूहको परिसूचक आज सर्वाधिक बढेको छ । लघुवित्त समूहको परिसूचक सोमबार लघुवित्तको परिसूचक ८ दशमलव ७४ प्रतिशतले बढेको छ ।

सोमबार ११ ओटा लघुवित्त कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । यो दिन ३७ ओटा कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि हुँदा ३३ ओटा लघुवित्त कम्पनी रहेका छन् । सोमवार कारोबारमा आएका १२ ओटा समूहकै परिसूचक बढेको छ ।

यस दिन बैंकिङको ३ दशमलव २१ प्रतिशत, व्यापारिकको २ दशमलव ४८ प्रतिशत, होटल्सको १ दशमलव १७ प्रतिशत, विकास बैंकको १ दशमलव ९१ प्रतिशत, जलविद्युतको ३ दशमलव ३९ प्रतिशत, वित्तको २ दशमलव ९६ प्रतिशत, निर्जीवन बीमाको ३ दशमलव ४५ प्रतिशत, उत्पादन तथा प्रशोधनको २ दशमलव ७७ प्रतिशत, अन्यको ३ दशमलव १५ प्रतिशत, जीवन बीमाको ३ दशमलव ८६ प्रतिशत र म्युचुअल फण्डको १ दशमलव ४५ प्रतिशत परिसूचक बढेको हो । 

सोमवार कारा्ेबा रकम पनि  १० अर्ब नाघेको छ । २०५ ओटा कम्पनीको ६८ हजार ३१९ पटकको व्यापारमा सोमाबार  १० अर्ब३८ करोड ४१ लाख ९७ हजार बराबरको २ करोड २४ लाख ४७ हजार १५७ कित्ता सेयर कारोबार भएको छ । 



सर्वाधिक रकमको कारोबार गर्नेमा आज निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड अग्रस्थानमा छ ।

नेप्से उच्च अंकले बढेको दिन पञ्चकन्यामाई हाइड्रोपावरको सेयरमूल्य भने सर्वाधिक ४ दशमलव शून्य ३ विन्दुले घटेको छ । 
 



  • प्रकाशित मिति : फागुन ३, २०७७ साेमबार १६:४७:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया