अमेरिकाबाट आयो प्रवीण राजथलाको  ‘कान्छीको सम्झनामा’

एलिस राई र गीता ढुंगाना अभिनित रोमान्टिक भर्सनको ‘कान्छीको सम्झनामा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

प्रणय दिवसको अवसर पारेर सार्वजनिक गरिएको गीतमा युवा गायक प्रविन राजथलाको स्वर, शब्द र संगीत रहेको छ। यस गीतलाई जोयस गुरुङले संगीत संयोजन गरेका हुन्।

युवा युवती बीचको प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको म्युजिक भिडियोलाई  भुपेन्द्र तुम्बाहाम्फेले छायांकन गरेका हुन्। भिडियोमा अर्जुन खड्काको सम्पादन रहेको छ। एलिजा महर्जन निर्मात्री रहेको यस भिडियोलाई सत्यराज चौलागाईको निर्देशनमा तयार पारिएको हो।

गायक राजथलाको आधिकारिक च्यानल पिआर म्युजिकमार्फत् भिडियो सार्वजनिक भएको हो।

 





  • प्रकाशित मिति : फागुन ३, २०७७ साेमबार १७:२४:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया