वृद्ध महिला करणीको आरोपमा लामा पक्राउ

बारा प्रहरीले ७६ वर्षीया वृद्ध महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोल्हवी नगरपालिका–८ बस्ने ३९ वर्षीय दलबहादुर लामा छन् । 

सोमबार पक्राउ परेका लामाले ७६ वर्षीया वृद्ध महिलालाई मकै बारीमा लगी जबरजस्ती करणी गरेको अभियोग छ ।

पक्राउ परेका लामालाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत बाराबाट ५ दिन म्याद थपको अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन्  ।





  • प्रकाशित मिति : फागुन ३, २०७७ साेमबार २०:३:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया