दुई पुस्ताबीचको प्रेम ‘जिन्दगी तिम्रो र मेरो गीत’

प्रणय दिवसको अवसर पारेर प्रेमिलगीत ‘जिन्दगी तिम्रो र मेरो गीत’ सार्वजनिक भएको छ । माया गर्नेहरूका लागि समर्पित गरिएको गीतको शब्दले प्रेमभाव व्यक्त गर्छ । फेब्रुअरी १४ मा सार्वजनिक गरिएको गीतमा दुई पुस्ताको प्रेम दुनियालाई देखाइएको छ । पहिलो पुस्ता र दोस्रो पुस्ताको प्रेम समेटिएको भिडियोमा रीता कट्टेल, इनजामम अलि खान, सुप्रिया खनाल र जेरी साउदको अभिनय रहेको छ । गीतको भिडियोमा निश्चल श्रेष्ठ पनि देखिएका छन् । 

सार्वजनिकगीतमा हरिभक्त बुढाथोकीको शब्द, दीपक सिलवालको संगीत रहेको छ भने यसमा शिव परियार र बानिका प्रधानले स्वर दिएका छन् । 

भिडियोलाई निर्देशक दिवाकर भट्टराईले निर्देशन गरेका छन् । गीतको भिडियोलाई शब्दको भावअनुसार तयार गर्ने कोसिस गरेको निर्देशक भट्टराईले बताए ।

’हामीले पुस्तान्तरण भए पनि जिन्दगीमा रहने प्रेमको महत्त्वलाई देखाउने प्रयास गरेका छौँ’, निर्देशक भट्टराईले भने, ‘गीतमा दुई पुस्ताको प्रेमप्रतिको समर्पण पनि देखाइएको छ ।’ गीतको भिडियोमा स्वोयत्ना योञ्जनको कोरियोग्राफी रहेको छ । उनले पनि कोरियोग्राफीलाई शब्दको भाव अनुसार नै सरल किसिमले प्रस्तुत गरेको बताइन् । 

गीतमा पासाङ टि शेर्पाको आर्ट निर्देशन, महेश पौडेलको डिओपी, कृष्ण भण्डारीको कलर करेक्सन, दीर्घ खड्काको सम्पादन, रिवाज कार्कीको भिएफएक्स रहेको छ ।
 



 



  • प्रकाशित मिति : फागुन ४, २०७७ मंगलबार १३:५५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया