वसन्तपुरमा अख्तियार प्रमुख राईलाई नमस्कार फर्काउन भ्याइनभ्याइ !

नेपालको भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक निकाय अख्तियार दुरुपयोग आयोग प्रमुखको जिम्मेवारी सम्हालेपछि पहिलो पटक प्रेमकुमार राई सार्वजनिक कार्यक्रममा देखिए। राजधानीको वसन्तपुरमा राष्ट्रपति विद्या भण्डारीले वसन्त श्रवण गर्न आयोजित कार्यक्रममा सहभागी हुन अख्तियार प्रमुख राई सेतो दौरा सुरुवाल, खराने रंगको कोट र भादगाउँले टोपीमा सजिएर पुगेका थिए। 

वसन्त श्रवण कार्यक्रममा अख्तियार प्रमुख राईसहित अन्य संवैधानिक निकाय प्रमुख र सदस्यहरु पहिले नै पुगेका थिए। तर त्यहाँ प्रधानमन्त्री, उपराष्ट्रपति र राष्ट्रपतिसहितका उच्च अधिकारीहरु पुग्नै बाँकी थियो।

उच्च अधिकारीहरु पुग्न बाँकी रहेको अवस्थामा वसन्तपुर डबलीमा आकर्षणका केन्द्र बनेका थिए अख्तियार प्रमुख राई। हुन त संवैधानिक निकायका अन्य प्रमुख र सदस्य पनि त्यहाँ थिए तर प्रेमकुमारले नै सबैको ध्यान खिचिरहेका थिए। 

सभामुख, प्रधानमन्त्री, उपराष्ट्रपति र राष्ट्रपति नआइपुगेको समयमा सचिव, संवैधानिक निकाय प्रमुख र मन्त्रीहरु उनीतिरै झुम्मिएका थिए। पर्यटन मन्त्री भानुभक्त ढकाल, कृषि मन्त्री पद्मा अर्याल, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र उपप्रधानमन्त्री ईश्वर पोखरेल पनि उनीसँगै कुरा गर्न पुगेका थिए। 

वसन्त श्रवण गर्न पुगेका अख्तियार प्रमुख राईलाई वसन्त श्रवण गर्न पुगेका अन्य संवैधानिक निकायका सदस्य, प्रमुख र अन्य उच्च सरकारी अधिकारीहरु उनी बसेकै ठाउँमा पुगेर नमस्कार गरिरहे, हालखबर सोधिरहे। 



राईसँग कानेखुसी गर्नेमा पर्यटन सचिव यादव कोइराला पनि थिए। उनीसहित अन्य सचिवहरुले  पनि राईलाई भेटेर कानेखुसी गरे। एकजना सचिवले त राईलाई भेटेर आफ्नो फोनबाट अन्य कुनै व्यक्तिसँग फोन सम्वाद नै गराउन भ्याए। 

ढिलो गरी पुगेका संविधानसभा अध्यक्ष सुवास नेम्वाङले पनि राईसँग उनी बसेको स्थानमा संवाद गरे। आफूलाई भेट्न आएपछि उठेर नमस्कार फर्काएका राई र नेम्वाङबीच केही बेर त्यही पोजिसनमा संवाद चल्यो। अख्तियार प्रमुख राईसँग संवाद गरिरहेका नेम्वाङलाई आयोजकले उनको आसनतर्फ लगेपछि उनीहरुबीचको संवाद सकियो।



राईलाई सरकारले गत माघ २१ गते अख्तियार प्रमुखमा नियुक्त गरेको थियो। उनले पदभार सम्हालेर भ्रष्टाचार रोक्न आफूले कसैको दबाब र प्रभावमा नपर्ने कुरा अख्तियार दिवस कार्यक्रममा बताएका छन्। 

  • प्रकाशित मिति : फागुन ४, २०७७ मंगलबार १५:३२:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया