९५ हजार घुससहित पक्राउ परिन् गाउँपालिकाकी इन्जिनियर

धादिङको गंगाजमुना गाउँपालिकामा कार्यरत इन्जिनियर पूजा कार्की ९५ हजार रूपैयाँ घुससहित पक्राउ परेकी छन्।

ठेक्का सम्झौता अनुसारको काम सकेपछि बिल भुक्तानी र प्राविधिक परीक्षण प्रतिवेदन तयार गरेवापत उनले उक्त घुस रकम लिएकी थिइन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगालको टोलीले इन्जिनियर कार्कीलाई घुससहित उनकै डेराबाट पक्राउ गरेको प्रवक्ता नारायण प्रसाद रिसालले बताएका छन्।





  • प्रकाशित मिति : फागुन ४, २०७७ मंगलबार २०:९:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया