बागमती प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित
फाइल तस्बिर

बागमती प्रदेशसभामा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको लामो समयपछि आज बस्ने भनिएको प्रदेशसभा बैठक स्थगित भएको छ । 

आज दिउँसो २ बजे बस्ने भनिएको प्रदेश सभाको बैठक अर्को सूचना जारी नभएसम्मको लागि भन्दै बुधबार बिहानै स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । 

यसअघि माघ १९ गतेका लागि तय भएको बैठक मुख्यमन्त्रीको दवावमा अघिल्लो राति सूचना जारी गर्दै सभामुख श्रेष्ठले फागुन ५ गतेसम्मका लागि स्थगित गरेका थिए । 

प्रदेशसभा स्थगित भएपछि आज प्रदेश सभाको बैठक भन्दै हेटौंडा आइपुगेका सांसदहरु भने आक्रोशित भएका छन् । गत पुस १० गते प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव माघ ९ गते प्रदेशसभामा टेबुल भएको थियो । 

सभामुख दवावमा 
बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठलाई मंगलबार दिउँसोदेखि नै सम्पर्क गर्न खोजेता पनि आफू बैठकमा भएको जानकारी गराएका थिए । मंगलबार राति अबेरसम्म सभामुख बैठकमा बसेको भनेता पनि उनले बैठक बारेमा भने कुनै जानकारी दिन सकेका थिएनन् । 

‘उनलाई सरकार पक्षबाट बुधबार संसद बैठक नराख्न ठूलो दवाव भइरहेको थियोे । अन्ततः उनले संसद नै स्थगित गरे’ नेकपाका एक सांसदले भने । 



सभामुख सानुकुमार श्रेष्ठ मात्रै होइन, प्रदेशसभा सचिव कृष्णहरि खड्का पनि दवावमा देखिन्थे । बैठकको निर्णयबारे जानकारी दिन उनले खोजेनन् । 

सम्पर्क गर्न खोज्ने पत्रकारहरुको बारम्बार उनले फोन काटेका थिए । मंगलबार दिउँसो नेकपाको प्रचण्ड–माधव समूहले सभामुखलाई भेटेर संसद बैठकमा अविश्वासको प्रस्ताव ल्याउन दवाव दिएका थिए ।



  • प्रकाशित मिति : फागुन ५, २०७७ बुधबार ८:१६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया