भागरथी हत्या स्वीकारेका दिनेश जुलुशमा जान्थे, प्रहरीविरुद्ध नारा लगाउँथे
एक्लैलै बलात्कारपछि हत्या गरेको बयान

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्या आरोपमा पक्राउ परेका अभियुक्तले सुरुवाती बयानमा घटना स्वीकारेका छन् । 

पारिवारिक रिसिबीका कारण आफूले नै हत्या गरेको बयान उनले प्रहरीसमक्ष बयान दिएका हुन् । भागरथीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले उनकै गाउँका दिनेश भट्टलाई पक्राउ गरेको छ । 

भागरथी अध्ययनरत सनातम धर्म माविकै कक्षा ११ मा अध्ययनरत दिनेशले अपराध स्वीकारिसकेको सुदूरपश्चिम प्रहरी प्रवक्ता मुकेश सिंहले जानकारी। प्रहरी नियन्त्रणमा रहेका ती किशोरले आफ्नो उमेर पनि १७ वर्ष बताएका छन्।

यसरी भयो अनुसन्धान.....

गत माघ २१ गते भागरथीको हत्या भएपछि यो घटना अनुसन्धानका लागि त्यो प्रदेशका प्रहरी प्रमुख आफैं घटनास्थल पुगे । घटनाको भोलिपल्टदेखि नै धनगढीबाट फिल्डमै पुगेका डिआइजी उत्तम राज सुवेदी यो घटनाका दोषीविरुद्ध प्रमाण जुटाउन लागे । अर्थात् प्रहरीले अपराधी समाउनु पहिला चुपचाप प्रमाण जुटाउने रणनीति तय गर्यो। 



त्यसपछि सुरु भयो घटनामा शंकास्पदमाथि सुक्ष्म निगरानी । प्रहरीले श्रोत भन्छ, ‘यही क्रममा हामीले शंकास्पद ३÷४ जनामाथि निगरानी बढायौँ। उनीहरुका हरेक गतिविधिमा चनाखोपूर्वक ‘वाच’ गर्न थाल्यौँ ।

पक्राउ परेका किशोरलाई पनि प्रहरीले पहिलेदेखि शंकास्पदको ‘सूची’ मा राखेको थियो। उनी प्रहरीको ‘क्लोज सर्भिलेन्स’ मा थिए। उनका हरेक गतिविधिसँग प्रहरीले निगरानी गरेको थियो।
‘उनी कतै भागेका थिएनन्। बरु सोधपुछ गर्दा झुट बोलिरहन्थे । आफ्नो गतिविधि शंकास्पद देखाइरहन्थे । घटनाको दिन कहाँ थियौ? भनेर सोध्दा पूरै झुट बोले’, प्रवक्ता सिंहले भने, ‘त्यसपछि प्रहरीलाई अझ बढी शंका लाग्यो । अनि प्रहरीले उनलाई अभियुक्त ठानेर प्रमाण जुटाउनतर्फ लागेको थियो।’ 



सबै प्रमाण जुटाइसकेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरी अधिकारी बताउँछन् । ‘चेन आफ कस्टडी’ को रणनीति अनुरुप उनलाई पक्राउ गर्न सफलता मिलेको प्रहरीले जनाएको छ ।   

जुलुसमा पनि जान्थे....

भागरथीको हत्यापछि बैतडीमा दोषीलाई पक्राउ गर्न जुलुस निकाल्न थालियो। प्रहरीविरुद्ध विरोधका आवाज उठ्न थाले । ती जुलुसमा उनी पनि स्वर खाप्न पुग्थे। दिनेशले बैतडीमा भएका सबै जुलुसमा पुगेर हत्यारा पक्राउ गर्न माग गरे। ‘जुलुसमा गइरहेका उनी प्रहरी देख्नासाथ हच्किन्थे’, प्रवक्ता सिंहले भने,‘यी सबै शंकास्पद गतिविधि देखाएकाले उनलाई घरबाटै समातिएको हो।’

  • प्रकाशित मिति : फागुन ५, २०७७ बुधबार १४:४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया