नेपालमा २४ घण्टामा १२५ जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा देशभर १२५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।  ३ हजार ८३८ जनाको पिसिआर परीक्षण भएकोमा १२५ जनालाई संक्रमण पुष्टि भएको

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए । 

सोही अवधिमा ९१ संक्रमित कोरोनामुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा एक जना संक्रमितको पनि मृत्यु नभएको जनाएको छ । 

गौतमका अनुसार आज थपिएकामध्ये ६० जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ४५, ललितपुरमा ९ र भक्तपुरमा ६ जनालाई संक्रमण पुष्टि भएको छ । आज सक्रिय संक्रमितको संख्या १ हजार ६२१ रहेका छन् । 

हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ७० रहेको छ । जसमध्ये २ लाख ६९ हजार ३९४ जना कोरोनामुक्त भएका छन् । नेपालमा कोरोना महामारी सुरु भएयता २ हजार ५५ जनाको मृत्यु भएको छ । 





  • प्रकाशित मिति : फागुन ५, २०७७ बुधबार १७:२:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया