नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँमा हुने भएको छ। सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडैलबीच १४ औँ महाधिवेशन भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने सहमति भएको हो।
महाधिवेशनको मितिमा सहमति भएपछि उक्त प्रस्ताव पारित गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक सुरु भएको कांग्रेस केन्द्रीय सदस्य गुरु घिमिरेले बताएका छन्। दुवै नेताहरु आन्तरिक छलफलमा व्यस्त भएपछि दिउँसो २ बजेका लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक निर्धारित समयभन्दा तीन घण्टा ढिलो सुरु भएको हो।
निर्धारित समयमा महाधिवेशन हुन नसकेपछि कांग्रेसले एक वर्ष म्याद थप गरेको थियो। जसको म्याद यही फागुन १९ गते सकिँदैछ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।