प्रधानसेनापति थापा भन्छन् : परिवर्तनको सुरूवात गर्न अहिलेको समय उपयुक्त
सेना राष्ट्रको रक्षा गर्न सक्षम रहेको स्पष्टोक्ति

प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाको भविष्यको रेखा कोर्ने जिम्मेवारी वर्तमान नेतृत्वको काँधमा रहेको बताएका छन् ।

जङ्गी अड्डास्थित सगरमाथा हलमा ‘संगठनमा परिवर्तन सुदृढीकरण र दीगोपना’ विषयक चार दिवसीय गोष्ठीको बुधबार समापन गर्दै प्रधानसेनापति थापाले परिवर्तन प्रबन्धन गर्ने रणनीति सफलताका लागि नेतृत्व वर्ग आफैँ स्पष्टता, शुद्ध, इमान्दार, निष्ठावान्, नैतिक र पारदर्शी हुनुपर्नेमा जोड दिए। 

‘आजको अस्थिर, अनिश्चित, अस्पष्ट र तरल सुरक्षा वातावरणमा परिवर्तनबाहेक अरु सबै अस्थायी हुन्', उनले भने, 'परिवर्तनको प्रकृति अपरिवर्तनीय छ। हरेक संगठनमा परिवर्तनको निरन्तरता मात्रै नभइ सुदृढीकरण तथा दीगोपनबारे सबैमा समान समझदारीको विकास र प्रवर्द्धन जरूरी छ।’

उनले समापन सम्बोधन गर्दै नेपाल विश्वकै पुरानो राष्ट्र रहेको चर्चा गरे। थापाले नेपाली सेना पनि एसियाकै सबैभन्दा पुरानो भएको प्रष्ट पारे।

‘नेपाली सेना राष्ट्रको रक्षा गर्न सक्षम तथा समर्पित छ', उनले भने, 'परिवर्तनको शुरुवात गर्न आज जतिको उपयुक्त समय कहिल्यै नहुने वास्तविकता सबैले आत्मसाथ गरे आ-आफ्नो क्षेत्रमा वा संगठनमा परिवर्तनको वाहकका रूपमा भूमिका खेल्नु जरूरी छ।'

कार्यक्रमा बलाधिकृत रथी प्रभुराम शर्माले साङ्गठानिक परिवर्तन सामूहिक प्रयास र जिम्मेवारीबाट मात्रै सम्भव हुने बताए। उनले नेपाली सेना पेशेवर संगठनका रुपमा लक्ष्य प्राप्त गर्न निरन्तर लागि पर्ने बताए। 





  • प्रकाशित मिति : फागुन ५, २०७७ बुधबार २१:२०:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया