बलात्कारपछि हत्या गरिएकी भागरथीको १७औँ दिनमा दाहसंस्कार हुँदै

बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको आज १७औँ दिनमा दाहसंस्कार गरिने भएको छ । हत्या अभियुक्तले पक्राउ परेर हत्या स्वीकार गरेसँगै भागरथीको दाहसंस्कार हुन लागेको हो ।  

अत्या अभियुक्त पक्राउ परेसँगै भागरथीको परिवार शव बुझ्न तयार भएपछि आज बिहान ११ बजे दाहसंस्कारको तयारी भएको हो । बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया भागरथीको गत माघ २१ गते हत्या भइ २२ गते शव फेला परेको थियो । 

भागरथीको बलात्कारपछि हत्या घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका किशोर दिनेश भट्टले बलात्कारपछि हत्या गरेकाे स्वीकारेका छन्। 

प्रहरीले बुधबार आरोपी किशोरलाई सार्वजनिक गर्दै उनले हत्या गरेको मात्रै स्वीकार गरेको बताएको थियो। तर बुधबार उनले बलात्कार गरेको स्वीकार नगरेको डिआइजी उत्तम राज सुवेदीले बताएका थिए। 

बिहीबार सरकारी वकिल कार्यालयमा आरोपी किशोरका बुवालाई समेत राखेर लिएको बयानमा उनले आफूले भागरथीलाई बलात्कार गरेको स्वीकारको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तम राज सुवेदीले जानकारी दिए।

डिआइजी सुवेदीका अनुसार पुरानो पारिवारिक विवादका कारण आफूमा बदलाको भावना रहेकाले भागरथीको बलात्कारपछि हत्या गरेको उनले बयान दिएका छन्। 



बुधबारसम्म ती किशोरले भागरथीका आफन्तसँग पनि आफूले हत्या गरेको तर बलात्कार नगरेको बताएका थिए। बैतडीको दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले त्यही गाउँका १६ वर्षीय किशोरलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको थियो। 



  • प्रकाशित मिति : फागुन ७, २०७७ शुक्रबार ९:४५:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया