'अरुको मृत्युमा जीवन देख्नेहरुले आफ्नै सर्वनाश भएको पत्तो पाउँदैनन्'
फाइल तस्बिर

उपप्रधानमन्त्री तथा सत्तारुढ नेकपाको ओली समूहका नेता ईश्वर पोखरेलले अरुका मृत्युमा आफ्नो जीवन देख्नेहरु कहिल्यै सप्रिएर अगाडि बढ्न नसक्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन् । 

उपप्रधानमन्त्री पोखरेलले कुण्ठा र इर्ष्याभावबाट निर्देशित हुनेहरू सप्रिएर अघि बढ्न नसक्ने बताएका हुन् । पोखरेलले त्यस्ता व्यक्तिहरुले ध्वंसात्मक दिशामा अगाडि बढेको समेत पत्तो नपाउने पनि उल्लेख गरेका छन् । 

प्रचण्ड-माधव समूहप्रति लक्षित गर्दै पोखरेलले अरुको विरुद्धमा हिँड्नेहरुले अन्तत्वगत्वा आफ्नै सर्वनाश भएको समेत पत्तो नपाउने बताएका छन् । उनले त्यस्ता व्यक्तिहरुलाई समयमै सोच्न सुझावसमेत दिएका छन् । 

अरूको मृत्युमा आफ्नो जीवन देख्नेहरू तथा कुण्ठा र ईर्ष्याभावबाट निर्देशित हुनेहरू सप्रिएर अघि बढ्न सक्तैनन् ! तिनले ...

Posted by Ishwar Pokhrel on Thursday, February 18, 2021




  • प्रकाशित मिति : फागुन ७, २०७७ शुक्रबार १०:४८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया