प्रतिनिधिसभा विघटन : सकियो बहस, फागुन १५ सम्ममा फैसला आउन सक्ने
फागुन १० सम्म बहस नोट ल्याउन निर्देशन

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिटमाथिको बहस शुक्रबारदेखि सकिएको छ। एमिकस क्युरीका तर्फबाट अन्तिम क्रममा अधिवक्ता गीता पाठक सङ्गौलाले आफ्ना भनाइ राखेसँगै प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथिको बहस शुक्रबारदेखि सकिएको हो ।

वादी-प्रतिवादी र एमिकस क्युरीसहितसहित सयौँ वकिलहरूको बहस सकिएपछि इजलासले फागुन १० गतेसम्म बहस नोट पेश गर्न निर्देशन दिएको छ। बहस सकिएपछि फागुन १५ सम्ममा यसबारेको फैसला आउन सक्ने बुझिएको छ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले गत पुस ८ गते संवैधानिक इजलासमा सुनुवाइको लागि पठाएका थिए। 

अन्तरिम आदेश नदिइ यी मुद्दालाई संवैधानिक इजलासमा पठाइएपछि पुस गते ८ देखि सुरु भएको अदालती प्रक्रिया विघटनको मूल मुद्दामा आइपुग्न माघ ४ गतेसम्म कुर्नुपरेको थियो ।

प्रधानन्यायाधीश जबराले संवैधानिक इजलासमा पठाए पनि निवेदकहरुले बृहत् पूर्ण इजलासमा लानुपर्ने माग उठाएका थिए। इजलास चयनमा बहस दुवै पक्षको बहस भएपछि अदालतले संवैधानिक इजलासमा नै टुङ्ग्याउने निर्णय गरेको थियो ।

माघ ४ देखि निरन्तर बहसमा गएको विघटनको मुद्दामाथि इजलासमा छलफल फागुन ७ मा मात्रै सकिएको हो।  बहस सकिएपछि अब अदालतले कानुन व्यवसायीहरुले बुझाएको बहस नोटको अध्ययन गरेर फैसला दिनेछ। 





  • प्रकाशित मिति : फागुन ७, २०७७ शुक्रबार १४:१६:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया