प्रदेश २ का प्रमुख परियार पदमुक्त, राजेश झा नियुक्त

प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुख परियारलाई पदमुक्त गरेकी हुन् । 

प्रदेश प्रमुख परियार तत्कालीन नेकपामा माओवादीका नेता हुन् । २०६४ सालको संविधान सभा निर्वाचनमा उनी बाँकेबाट निर्वाचित सांसद थिए । बीचमा उनी मोहन वैद्यसँग गएका थिए । उनी केही समय नेत्रविक्रम चन्द ‘विप्लव’ को समूहमा थिए । पछि उनी फेरि माओवादीमा फर्किएका थिए ।

मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख परियारलाई शुक्रबार पदमुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा २ बमोजिम रौतहटका राजेश झालाई प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए ।





  • प्रकाशित मिति : फागुन ७, २०७७ शुक्रबार १५:३६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया