थप ९७ जनालाई कोरोना, ३ संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ९७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ९३१ जनाको पिसिआर परीक्षण भएकोमा ९७ जनालाई संक्रमण पुष्टि भएको हो।

यही समयमा ११४ संक्रमित कोरोनामुक्त भएका छन् भने ३ जना संक्रमितको मृत्यु भएको छ। आज थपिएकामध्ये ३४ जना काठमाडौं उपत्यकाका छन् । आज सक्रिय संक्रमितको संख्या १ हजार ५८३ रहेका छन् । 

हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार २६३ रहेको छ । जसमध्ये २ लाख ६९ हजार ६१९ जना कोरोनामुक्त भएका छन् । नेपालमा कोरोना महामारी सुरु भएयता २ हजार ६१ जना संक्रमितको मृत्यु भएको छ । 





  • प्रकाशित मिति : फागुन ७, २०७७ शुक्रबार १८:५१:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया