काठमाडौं फर्केपछि अदालत जान्छु : निर्वतमान प्रदेश प्रमुख परियार

प्रदेश २ को प्रमुखबाट बर्खास्त गरिएपछि निवर्तमान प्रदेश प्रमुख तिलक परियारले सरकारको यस निर्णयबाट आफू दङ्ग परेको बताएका छन् । 

सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने,‘अचानकै यो सरप्राइज्ड निर्णय मन्त्रिपरिषद्ले गरेको छ । राष्ट्रपति कार्यालयबाट मकहाँ पदमुक्त गरिएको पत्र समेत आइपुगेको छ । मलाई यसका बारेमा अग्रिम कुनै संकेत समेत दिइएको थिएन ।’ 

आफ्नो कार्यसम्पादन निर्विवाद रहेको दाबी गर्दै परियारले भने,‘म निष्पक्ष र इमान्दारीका साथ आफ्नो काम गर्दै आइरहेको थिएँ । यो गुट उपगुटको राजनीतिमा मलाई आशंकाको भरमा पदमुक्त गरिएको हो ।’

उनले आशंकाको भरमा नै पदमुक्त गर्न नमिल्ने र यसका लागि तथ्य र प्रमाण आवश्यक रहेको बताए । आफूलाई पूर्व जानकारी हुनुपर्नेमा कुनै जानकारी नै दिइएन, उनले भने,‘मलाई कुनै किसिमको वार्निङ्ग समेत उहाँहरुले दिनुभएको छैन । मैले इमान्दारीपूर्वक निष्पक्षता र तटस्थताको भूमिका निभाउँदै आएको थिएँ । पूर्व माओवादीबाट आएको भन्ने कारणले यदि पदमुक्त गरिएको हो भने त्यो अझै दूर्भाग्यपूर्ण छ । म गुट र उपगुटमा अहिलेसम्म कहीँ पनि खुलेको छैन ।’

उनले भने, ‘कमसेकम मलाई स्पष्टीकरण दिने अवसर समेत समय दिनुपर्ने थियो तर त्यस्तो कुनै जानकारी गराइएन त्यसैले कानुनी उपचार खोज्छु । म दलित समुदायको पात्रमाथि सरकारले यसप्रकारको अपर्झट निर्णय गरेपछि सबैलाई सरप्राइज बनाएको छ । यो मेरो व्यक्तिगत मात्र नभई सिङ्गो दलित समुदाय माथिको आक्रमण हो ।काठमाडौं फर्केपछि अब अदालत जान्छु’, उनले भने ।





  • प्रकाशित मिति : फागुन ७, २०७७ शुक्रबार १९:४९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया