सभामुखको काउन्टरमा मस्यौदा समिति : ‘कार्यविधि तयार भइसक्यो, बेवास्ता गरियो’
फाइल तस्बिर

बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले शुक्रबार पत्रकार सम्मेलन गर्दै अविश्वासको प्रस्ताव कार्यविधि नबन्दा प्रदेशसभा सञ्चालन गर्न समस्या परेको बताएपछि अविश्वासको प्रस्ताव कार्यविधि मस्यौदा समितिले आपत्ति जनाएको छ । 

प्रदेशसभाका सभामुख श्रेष्ठको अभिव्यक्तिप्रति कार्यविधि मस्यौदा समितिका संयोजक छिरिङ दोर्जे लामाले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै आपत्ति जनाएका हुन् । 

बागमती प्रदेशसभा स्थगित भइरहेको विषयमा अविश्वासको प्रस्तावको मत विभाजन सम्बन्धि कार्यविधि मस्यौदा समितिलाई जोडेर सभामुख सानुकुमार श्रेष्ठले दिनुभएको अभिव्यक्तिप्रति समितिको संयोजकको हैसियतले आफ्नो गम्भीर ध्यानाकर्षण भएको लामाले लेखेका छन् ।

बागमती प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिले सो समितिकै ८ जना माननीय सदस्यहरु समिति सदस्य र प्रदेशसभा सचिवालय सचिव सो समितिको सचिव रहने गरी माघ ६ गते मस्यौदा समिति गठन गरेको थियो । 

उक्त समितिले कार्यविधि मस्यौदा तयार गरी कार्यव्यवस्था परामर्श समितिको बैठकमा पेश गर्ने निर्णय भएको भन्दै लामाले सोही अनुरूप समितिले मस्यौदा तयार गरिसकेको विषय सभामुख श्रेष्ठ र सचिवालयलाई जानकारी गराइसकेको र सभामुखलाई प्रतिवेदन बुझाउनका लागि पटकपटक कार्यव्यवस्था समितिको बैठक बोलाउन आग्रह गर्दा वेवास्ता गरिएकोमा कार्यविधि समितिलाई दोष देखाउनु निन्दनीय भएको लामाले बताएका छन् ।
 
सभामुखले पत्रकार सम्मेलन गरेर समितिलाई कारण देखाउनु गलत भन्दै लामाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कार्यविधि मस्यौदा समितिको संयोजकको हैसियतले अविश्वासको प्रस्ताव सम्बन्धि दस्तखत सहितको मत विभाजन आन्तरिक कार्यविधि मस्यौदा तयार भइसकेको र सभामुख ज्यूलाई कार्यव्यवस्था परामर्श समितिको बैठक राखी प्रतिवेदन बुझाउने वातावरण तयार गर्न समितिको तर्फबाट माग समेत गर्दछु ।’  

लामाले कार्यविधिको कारणले अविश्वासको प्रस्तावमाथि छलफल अघि बढाउन कुनै अवरोध नहुने कुरा स्मरण गराउँदै कार्यव्यवस्था परामर्श समिति र प्रदेशसभा बैठक बस्न नसक्नुमा समितिको कुनै पनि भूमिका नरहेको प्रष्ट पारेका छन् ।  



सभामुखले शुक्रबार दिउँसो पत्रकार सम्मेलन गर्दै कार्यविधि मस्यौदा समितिले प्रदेश सभामा अहिलेसम्म अविश्वासको प्रस्तावसम्बन्धी मत विभाजन कार्यविधिको प्रतिवेदन नबुझाउँदा सभामुखले बैठक राख्न नसकेको बताएका थिए ।

बागमती प्रदेशसभा स्थगित भईरहेको विषयमा अविश्वासको प्रस्तावको मत विभाजन सम्बन्धि कार्यविधि मस्यौदा समितिलाई जोडेर सभामुख...

Posted by Tsering Dorji Lama on Friday, February 19, 2021


  • प्रकाशित मिति : फागुन ८, २०७७ शनिबार ९:२२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया