नेकपा सरकार पक्षको जनसभा, १८ महिनापछि विराटनगर जाँदै ओली

प्रधानमन्त्री केपी शर्मा ओली करिब १८ महिनापछि प्रदेश १ को राजधानी विराटनगर जान लागेका छन् । सत्तारुढ नेकपाको आफू पक्षीय जनसभालाई सम्बोधन गर्न ओली त्यहाँ जान लागेका हुन् । 

आज प्रदेश १ मा राजनीतिक रुपमा विभाजित नेकपाको सरकार समर्थकहरुले प्रधानमन्त्री ओलीको पक्षमा जनसभाको आयोजना गरेका छन् । नेकपाको १ नम्बर प्रदेश कमिटीले आयोजना गरेको सभामा ओली प्रमुख अतिथि हुन् । 

सभामा सरकारको समर्थनमा शक्ति प्रदर्शन गर्ने आयोजकको तयारी छ । सभालाई गृहमन्त्री राम बहादुर थापा बादल, सुवास नेम्वाङ, १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईलगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । 

यसअघि प्रधानमन्त्री ओली २०७५ जेठ २६ गते विराटनगर पुगेका थिए । पछिल्लो राजनीतिक घटनाक्रमपछि विराटनगरमा ओलीले आफ्नो बचाउमा सम्बोधन गर्दैछन् । उनले दाङ, चितवन, सिरहा, धनगढी र बुटवलमा सम्बोधन गरिसकेका छन् । 

गत पुस ५ गते सरकारले संघीय संसदको प्रतिनिधिसभा विघटनको निर्णय गरेसँगै सत्तारुढ दल नेकपाको प्रचण्ड-माधव समूह सरकारको विरोधमा सडकमा छ । त्यसको काउन्टरमा ओली समूहले भेला तथा जनसभाहरु गर्दै आएको छ । 





  • प्रकाशित मिति : फागुन ८, २०७७ शनिबार १०:२१:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया