चुनावी सरकारले ठूला योजनाको ठेक्का र टुङ्गो लगाउन मिल्दैन : बाबुराम भट्टराई
फाइल तस्बिर

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अहिलेको चुनावी सरकारले ठूला योजनाको ठेक्का र टुङ्गो लगाउन नमिल्ने बताएका छन् । 

अहिलेको सरकार आफैले आफूलाई चुनावी सरकार घोषणा गरिसकेको भन्दै डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ठूला योजनाको ठेक्का र टुङ्गो लगाउन नमिल्ने बताएका हुन् । 

डा. भट्टराईले आफू ठूला पूर्वाधार योजना र विदेशी लगानीको विरोधी नभएको भन्दै भ्रममा नपर्न पनि सबैलाई आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो प्रष्टिकरण दिएका हुन् । 

आफू राष्ट्रिय गौरवका योजनालाई प्राथमिकतामा राख्ने र भारत, चीन तथा अमेरिका र जापान सबैसँग बिप्पा सम्झौता गर्नुपर्छ भन्ने मान्छे भएको भन्दै डा. भट्टराईले अहिलेको अवस्थामा ओली सरकारले ठूला योजनाको ठेक्का र टुङ्गो लगाउन नमिल्ने बताए । 





  • प्रकाशित मिति : फागुन ८, २०७७ शनिबार १२:२२:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया