[प्रसव पीडा र खुसी] धेरैले प्रश्न गरे-तिमीहरुलाई दागबत्ती कस्ले दिन्छ ?

कुरा आज भन्दा ३३ वर्ष अघिको हो। हाम्रो समाज आजको जस्तो उदार थिएन। त्यो समयका महिलाहरू न महिनावारीका विषयमा खुलेर कुरा गर्थे। न त फेमेली प्लानिङका विषयमा नै। त्यतिबेला बिहे गरेको लामो समयसम्म बच्चा नहुँदा उपचार गराउनुपर्छ भन्ने खालको चेतना पनि आजजस्तो थिएन। ठीक यही समय गायिका कुन्ती मोक्तानले पनि यस्तै खाले समस्याबाट गुज्रनु पर्‍यो। 

संगीतकार शिलाबहादुर मोक्तानसँग प्रेम विवाह गरेकी कुन्तीका साढे २ वर्षसम्म सन्तान भएनन्। अहिलेको समय भए यो समय श्रीमान श्रीमतीले एक अर्कालाई बुझ्न दिए भन्ने हुन्थ्यो। त्यो समय यस खालको चेतना त्यति थिएन। 

परिवार नियोजनका अस्थायी साधनहरूको प्रचार रेडियोमा खुब सुनिन्थ्यो। तर, प्रयोग गर्ने  प्रचलन थिएन। त्यसैले पनि कुन्तीलाई लाग्यो, ‘बिहे गरेको साढे २ वर्ष लाग्यो। मेरो बच्चा हुँदैन कि क्या हो?’ समाज र आफन्तले त प्रश्न गर्ने नै भए। 

चिन्ता, चासो र जिज्ञासा मनभरी भएपछि आफूले पढाउने स्कुलका साथीहरूसँग समस्या सेयर गरिन् कुन्तीले। आफूभन्दा अग्रजको संगतले गर्दा उनलाई सल्लाह लिन सजिलो भयो। अग्रज साथीहरूले दिएका सुझावले केही सहज महसुस भएपनि मनमा एक खालको डर बसिरहन्थ्यो।

नजिकका आफन्तले ‘ढिलो भयो’ भन्थे। त्यो कुराले पीडा हुन्थ्यो उनलाई। तर पनि बच्चा भएन भनेर अस्पताल जाने प्रचलनथिएन। कुन्ती पनि गइनन्। ‘डाक्टरलाई देखाउनु पर्छ भन्ने सोचाइ नै आएन’ उनी भन्छिन्। 



छोरी गभएमा आएपछि मात्रै हो कुन्तीले चेकअपका लागि अस्पताल गइनन्। त्यतिबेला अहिलेको जस्तो घरमै गर्भ जाँच गर्ने प्रेग्नेन्सी किटको प्रचलनथिएन। अस्पताल नै जानुपथ्र्यो। युरिन टेस्ट गरेर गर्भ जाँच गर्ने प्रचलन भने सुरु भएको थियो। प्रेग्नेन्सी टेस्टको रिपोर्ट पोजेटिभ आएको दिन कुन्तीलाई जिन्दगीको एउटा खुड्किलो पार गरेको जस्तो महसुस भएको थियो। रहरको बच्चा गर्भको थियो। कुन्तीको बसाइ रातोपुलमा थियो। उनी बच्चाको स्थिति बुझ्नका लागि हरेक महिना डा.सरस्वती उपाध्यायकोमा पुग्थिन्।



बच्चा पेटमा आएपछिको जीवन पहिलाको जस्तो सहजथिएन। हिँड्दा, सुत्दा, बसेको ठाउँबाट उठ्दा, मन लागेको कुरा खाँदा हरेक पटक विचार गर्नुपथ्र्याे। ‘महिलाको जीवनमा यो फेज असाध्यै अप्ठ्यारो फेज हो। एक त गर्भवती भएपछि यसै विक फिल हुन्छ। अर्को जीविका पनि चलाउनु पर्ने बाध्यता भएको महिलाका लागि यो समय दुवै कुरालाई ब्यालेन्स गर्न धेरै गाह्रो हुन्छ। मेरो पनि त्यो समय जीवन गुजाराका लागि काम गर्नैपने बाध्यता थियो’ कुन्तीले सुनाइन्। 

त्यो समय अहिलेको जस्तो आराम र आहारको कुरा हुँदैन्थ्यो। दिनभरी स्कुलमा पढायो। साँझ घर फर्किँदा घरमा मात्रै गाह्रो भयो भनेर भान्छामा नछिर्ने छुटथिएन। उनका श्रीमान शिलाबहादुर मोक्तान असयोगी होइनन्। तर, त्यो समय श्रीमानले श्रीमतीलाई चुलो चौकोमा सघाउने कुरा केवल कल्पना मात्रै थियो। त्यसबेलाको सोचाइ नै ‘बच्चा सबैले पाउँछन्’ भन्ने थियो। त्यसैले पनि दुई जिउ की हुँदा विशेष हेरचाह भन्ने कुरा कुन्तीको जीवनमा आएन्। एक विपन्न महिलाले भोग्नुपर्ने सबैखाले पीडा बेहोरिन उनले।

अहिले सम्झँदा पनि अचम्म लाग्छ समयले मानिसमा हुने संकोच हटाएर लग्यो। कुन्तीलाई त्यतिबेला कपडा बाहिर देखिएको पेट पनि लाजको धर्सो बनिदिन्थ्यो। आफन्तले दही च्यूरा खुवाउने चलन भएपनि ‘वेवी बम्प’ को रुपमाथिएन। यो खुल्दै गएको समयसँग कुनै इष्र्या होइन। तर, यो खुल्लापनलाई आज पनि मन पराउँदैन कुन्तीको मनले। दही च्यूराको प्रचलनका बारेमा कुन्तीले सुनेकी मात्रै हुन्। 

२०४३ सालमा पहिलो सन्तानको रुपमा शितलको जन्म भयो। समाज छोराको चाहाना राख्थ्यो। कुन्ती छोरी जन्मिएकोमा खुसी थिइन्। छोरी  नर्मल रुपमा जन्मिइन्। आमा र बच्चा दुवैको स्वास्थ्यमा खासै असर परेन्। छोरी बिस्तारै हुर्कन थालिन्। 

छोरी जन्मिएपछि झन बढेको जिम्मेवारी। कमजोर आर्थिक अवस्थाका कारण काम गर्नैपर्ने बाध्यता। उकालो चढ्दै गरेको करिअर। सबै कुरालाई एक साथ मिलाएर सन्तुलित तरिकाले लैजान निक्कै कठिन थियो। यो कठिनाइ कुन्तीको जीवनमा मात्रै आएको कठिनाइ होइन्। कुन्ती भन्छिन्, ‘क्षमतावान कयौं महिला आफ्नो क्षेत्रबाट पलायन हुने समय नै यही हो। तर, मलाई मेरो श्रीमानको राम्रो साथ थियो।

अर्को कुरा त हाम्री छोरीको सुनौलो भविष्यका लागि पनि मिलेर काम गर्नुको विकल्पथिएन।’ महिलामा पनि आफ्नो करिअरलाई निरन्तरता दिने हिम्मत हुनुपर्ने कुन्ती बताउँछिन्। भन्छिन्, ‘मेरो बच्चा भैहाल्यो। अब म केही गर्न सक्दिन भन्ने खालको सोचाइ राख्यो भने आफ्नो करिअर जहाँको त्यहीँ छुट्छ। धेरैको छुटेको पनि छ।’

ग्यालेक्सी स्कुलमा सँगै काम गर्थे कुन्ती मोक्तान दम्पती। छोरीलाई पनि दुई वर्षकी भएपछि सोही स्कुलमा भर्ना गरिदिए। अहिलेको जस्तो मन्टेश्वरीको चलनथिएन। ४७ सालमा कान्छी छोरी शिवानीको जन्म भयो। त्यतिबेला समाजले नाक खुम्चायो फेरि पनि छोरी नै भइ भने। धेरैले सुझाव दिए तेस्रो बच्चा पाउनुपर्छ भनेर।

थुप्रैले प्रश्न गरे, ‘अब तिमीहरूलाई दागबत्ति कस्ले दिन्छ ? भनेर। तर, मोक्तान दम्पतीमा केबल सन्तानको चाहाना थियो। बाँचुन्जेलको खुसीको चाहाना थियो। मरेपछिको शरीरको पटक्कै चिन्ताथिएन। उनीहरूले सोचे, ‘छोरीहरूलाई राम्रो अवर र शिक्षा दिनुपर्छ। प्रेरणा र हिम्मत दिनुपर्छ।’

छोरीहरूको भविष्य। ४ जना परिवारको वर्तमान। विपन्न आर्थिक अवस्था। यो सबै कुराले कुन्ती मोक्तान स्कुलमा २ सिफ्ट काम गर्थिन्। शितल र शिवानी दुवै स्कुलमै हुर्किए। 

बिहान आमाको हात समाउँदै स्कुल पुगेका उनीहरू राति अबेर आमासँगै घर फर्किँन्थे। अहिले फर्केर हेर्दा कुन्तीलाई लाग्छ, ‘मेरा छोरीहरूले खेल्ने, हाँस्ने, उफ्रने समय गुमाए। यो सबै गर्दै हुर्किन पाएनन्।’ फेरि मन बुझाउँछिन्, ‘त्यो बेलाको समय नै त्यस्तै थियो। काम गर्नैपर्ने बाध्यता थियो।’ छोरीहरूले पनि यो कुरा बुझेका छन्। छोरीहरूलाई समय दिन नसकेकै कारण छोरीहरू ८ कक्षा पढ्ने भएपछि कुन्तीले इभिनिङ सिफ्टको जागिर छोडिदिइन्। 

त्यतिबेला पनि धेरैले कुन्तीलाई भनेका थिए, ‘छोरीहरूलाई होस्टलमा राखिदिनु। उनका लागि यो सर्त र सुझाव मन्जुरथिएन। आफ्ना छोरीहरू आफ्नै आँखा अगाडि हुर्किएको हेर्ने सौभाग्यबाट वञ्चित हुन उनको मनले मानेन। उनलाई लाग्यो, ‘आफ्ना छोरीहरूले जिन्दगीको हर समयको, हर उमेरको अनुभूति गर्न पाउनुपर्छ। उनीहरूको त्यो अधिकार हामीले खोसिदिनु हुँदैन्।’ त्यसैले उनले बरु काम छोडिन्। छोरीहरूको साथ छोडिनन्।

पढाइमा तेज उनका दुवै छोरीको स्वर राम्रो थियो। आमा बुवाको सांगीतिक मोह र माहोलमा हुर्किएका उनीहरूको संगीतप्रतिको लगाव देखेर कुन्तीले दुवै छोरीलाई संगीत सिकाइन्। गीत÷संगीतमा आज उनीहरूको पनि अलग्गै नाम छ। 

तर, उनका छोरीहरूका भविष्यका सपना भने फरक थिए। शितलको सपना सरकारी जागिरे हुने थियो। उनले एक नम्बरमा नाम निकालिन अहिले सेकेन्डक्लास अफिसर छिन्। सानी छोरीको भने डाक्टर बन्ने सपना थियो। घरको आर्थिक अवस्था छोरीलाई डाक्टर पढाउन सक्नेथिएन। छात्रवृत्तिका लागि धेरै ठाउँमा कोसिस पनि गरिन्। तर, सोचेको जस्तो भएन्। डाक्टर बन्ने शिवानीको इच्छा पूरा भएन्। उनले रहर परिर्वतन गरिन्। 

अहिले शिवानी  संगीत सिकाउँछिन्। कुन्ती दम्पतीको सपना थियो छोरीहरू संगीतमा आउन आफूले पूरा गर्न नसकेका सपना पूरा गरिदिउन्। त्यो सपना पूरा भएको छ। उनीहरू खुसी छन्। 

  • प्रकाशित मिति : फागुन ८, २०७७ शनिबार १३:२५:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया