विप्लव नेतृत्वको नेकपा सरकारसँग वार्तामा बस्‍न तयार

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सरकारसँग वार्तामा बस्न तयार भएको। सरकारले प्रतिबन्ध गरेको ठ्याक्कै दुई वर्षपछि विप्लव नेकपा वार्ताका लागि तयार भएको हो। 

प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलले भूमिगत अवस्थामा रहेका संगठनलाई वार्ताका लागि सार्वजनिक आह्वान गरेपछि विप्लव नेकपाको यस्तो प्रतिक्रिया आएको हो। 

भूमिगत अवस्थामा रहेका उक्त संगठनमा महासचिव विप्लवले शनिबार एक विज्ञप्ति निकालेर खुला रुपमा सहज गतिविधि गर्न पाउने वातावरण भएमा वार्तामा बस्ने बताएका हुन्।

'आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्वाद र वार्ताका लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँछौँ', विप्लवले विज्ञप्तिमार्फत भनेका छन्। 

ललितपुरस्थित एनसेलको केन्द्रीय कार्यालयमा एकजनाको ज्यान जाने गरी बम विस्फोट गराएपछि प्रधानमन्त्री केपी ओली नेतृत्वको वर्तमान सरकारले नै विप्लवमाथि २०७५ फागुनमा प्रतिबन्ध लगाएको थियो।

सरकारको प्रतिबन्धयता विप्लवका करिब २ हजार नेता कार्यकर्ता पक्राउ परिसकेका छन्। यस अवधिमा विप्लवका १० जना बढी कार्यकर्ता मारिएका छन्। 



पुस ५ गते प्रतिनिधिसभा विघटन गरेसँगै नेकपामा देखिएको ध्रुवीकरणबीच प्रधानमन्त्री ओलीले विप्लवसँग वार्ता प्रक्रिया अघि बढाइरहेका छन्। 

तर विप्लवले प्रतिबन्ध फुकुवा, पक्राउ परेका नेता कार्यकर्ता निःशर्त रिहा र वार्ताका लागि औपचारिक पत्र सरकारले पठाउनुपर्ने तीन बुँदे शर्त सुरुदेखि नै राख्दै आएको छ। 



  • प्रकाशित मिति : फागुन ८, २०७७ शनिबार १६:३२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया