मुख्यमन्त्री कप : पुरुष तर्फको उपाधि तनहुँलाई

पोखरामा सम्पन्न प्रथम मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय भलिबल  प्रतियोगिताको पुरुष तर्फको उपाधि तनहुँले हात पारेको छ ।

तनहुँले शनिबार पोखरा रंगशालामा सम्पन्न निकै प्रतिस्पर्धात्मक फाइनलमा ३–२ सेटको जित निकालेको हो । पहिलो सेट २५–२३ ले गुमाएको तनहुँले, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो । चौथो सेट स्याङजाले २५–१३ ले जितेपछि खेल पाँचौं सेटसम्म पुग्यो । 

पाँचौँ तथा अन्तिम खेल १५–१० ले आफ्नो पक्षमा पार्दै तनहुँले उपाधिमाथि कब्जा जमाएको हो ।

प्रतियोगिताको विजेता बनेको तनहुँले २ लाख प्राप्त गर्दा उपविजेता बनेको  स्याङजाले १ लाखमा चित्त बुझायो । तेस्रो बनेको पर्वतले ५० हजार पायो । 

कास्की जिल्ला भलिबल संघको आयोजनामा फागुन ४ बाट सुरु भएको प्रतियोगितामा गण्डकी प्रदेशका १० जिल्लाको सहभागिता थियो ।





  • प्रकाशित मिति : फागुन ८, २०७७ शनिबार १६:४३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया