मुख्यमन्त्रीसँग प्रदेश सभा भङ्ग गर्ने तागत छैन : भीम आचार्य

नेकपा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य एवं प्रदेश १ का सांसद भीम आचार्यले प्रदेश सभा भंग गर्ने धम्की नदिन मुख्यमन्त्री शेरधन राईलाई चुनौती दिएका छन् । 

काठमाडौंमा शनिबार पत्रकार सम्मेलन गरी प्रदेश सांसद आचार्यले मुख्यमन्त्री राईसँग प्रदेशसभा भंग गर्ने तागत नभएको बताएका छन् । मुख्यमन्त्रीले प्रदेश सभाका सभामुख, उपसभामुख र सांसदहरुलाई धम्क्याउने र तर्साउने काम गरिराखेको उल्लेख गर्दै सांसद आचार्यले त्यसको कडा प्रतिवाद हुने समेत बताए । सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री राई संसदबाट भागिरहेको उनले बताए ।

संविधानले नै २५ प्रतिशत सांसदहरुलाई सरकार विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गर्ने अधिकार दिएको र त्यसलाई प्रक्रियामा लैजानु पर्नेमा संसद नै बस्न नदिइएको बताए । सरकार आफैंले बोलाएको संसद आफैंले अवरोध गरिरहेको बताए । आफूहरु प्रतिगमन विरुद्धमा आन्दोलन गरिरहेको र जनताले समेत साथ दिएकाले प्रतिगमनलाई घुँडा टेकाएर छाड्ने बताए । 

प्रतिगमनकारी मतियार र समर्थकहरुलाई जसरी पनि ट्रयाकमा ल्याउने आचार्यले बताए । प्रदेश सभा बैठक भोलिदेखि लगातार बस्नुपर्ने र अविश्वासको प्रस्तावमा छलफल भई टुंगोमा पुग्नुपर्ने बताए । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले पनि अविश्वासको प्रस्तावको पक्षमा साथ दिने आचार्यले बताए ।





  • प्रकाशित मिति : फागुन ८, २०७७ शनिबार १७:२९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया