प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेस प्रवक्ताको आपत्ति

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार विराटनगरमा दिएको अभिव्यक्तिप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । 

विराटनगरको आमसभालाई सम्बोधन गर्दै ओलीले जनचाहनाअनुरुप चुनाव निश्चित भएको तर, त्यसविरुद्ध अदालतको फैसला आए आन्दोलन गर्ने धम्की दिएका थिए। 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटरमार्फत प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । ट्विटमा उनले प्रधानमन्त्रीको अभिव्यक्ति पदीय मर्यादाविपरीत भएको बताएका छन्।

 ‘अदालत दबाबमा नपरोस् भन्ने तर चर्को दबाबको अभिव्यक्ति राख्ने प्रमको विराटनगर मन्तव्य पदीय मर्यादाविपरीत छ,’ शर्माले भनेका छन्, ‘न्यायालयको फैसला स्विकार्छौं कहिले नभन्ने र चेतावनी प्रसारण गर्ने जङ्गे शैली लोकतान्त्रिक हुन सक्दैन।’





  • प्रकाशित मिति : फागुन ८, २०७७ शनिबार २१:३:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया