अभिनेत्री केकी अधिकारीको सुनसान मन सार्वजनिक भएको छ । केकीको सुनसान मन गायिका रानी शाक्यको स्वरमा सार्वजनिक भएको हो । अर्थात् गायिका शाक्यको नयाँ गीत ‘सुनसान मन’मनको म्युजिक भिडियोमा केकीले अभिनय गरेकी हुन् ।
राजेश शाक्यको शब्द रहेको गीतमा ओम कर्माचार्यको संगीत सुन्न सकिन्छ ।
सार्वजनिक गीतको म्युजिक भिडियो निर्देशन मदन घिमिरेले गरेका छन् । काठमाडौं, धुलिखेल र दोलालघाटमा छायांकन गरिएको म्युजिक भिडियोको दृष्य रामेश्वर हुमागाईंले खिचेका हुन् । म्युजिक भिडियो सम्पादन प्रेम शर्माले गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।