प्रदेश प्रमुख अहिराजलाई समर्थकद्वारा विमानस्थलमा भव्य स्वागत

प्रदेश २ का प्रमुख राजेश झा (अहिराज) जनकपुर आइपुगेका छन् ।

आइतबार ४ बजेर ४५ मिनेटमा जनकपुरधाम पुगेका प्रदेश प्रमुख अहिराजलाई प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहले विमानस्थलमा स्वागत गरेका थिए ।

उनलाई स्वागत गर्न नेकपा ओली समूहका युवाहरू मोटरसाइकल र्‍यालीसहित विमानस्थल पुगेका थिए । विमानस्थलमा समर्थकहरूले उनलाई १०१ किलोको माला लगाएर स्वागत गरेका छन् ।

प्रदेश २ सरकारका मुख्यमन्त्री र मन्त्रीहरु प्रदेश प्रमुखको बर्खास्ती र नयाँ नियुक्तिप्रति असन्तुष्टि जनाउँदै आएकाले प्रदेश प्रमुख अहिराजलाई स्वागत गर्न कोही पनि विमानस्थल पुगेका थिएनन् ।

कार्यालय पुगेपछि प्रदेश प्रमुख राजेश झा (अहिराज) ले अहिले केही बेरमा परभार ग्रहण गर्ने छन् । 

मन्त्रिपरिषदबाट सिफारिस भई आएअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश २ का प्रदेश प्रमुख परियारलाई पदमुक्त गरी संविधानकै धारा १६३ को उपधारा (२) बमोजिम राजेश झा (अहिराज) लाई प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् ।





  • प्रकाशित मिति : फागुन ९, २०७७ आइतबार १७:३९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया