प्रदेश प्रमुख जनकपुरमा, मन्त्रीहरु वीरगञ्जमा

प्रदेश २ का नवनियुक्त प्रमुख राजेश झा (अहिराज) आइतबार जनकपुरधाम पुग्दा प्रदेश सरकारका मन्त्रीहरु भने वीरगञ्जमा थिए । 

उनलाई स्वागत गर्न प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरु कोही विमानस्थल पुगेनन् । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहाले उनलाई विमानस्थलमा स्वागत गरेका थिए । 

मुख्यमन्त्री लालबाबु राउत र मन्त्रीहरु प्रदेश प्रमुखलाई स्वागतका लागि विमानस्थल नपुगेपछि जनकपुरमा फेरि चर्चा चुलिएको छ । कतिपयले प्रदेश सरकारको यो कदमलाई आलोचना गरिरहेका छन् कतिपयले यो कदम सराहनीय रहेको बताइरहेका छन् ।

यस सम्बन्धमा प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जनकपुर धाममा कुनै पनि मन्त्री उपलब्ध नरहेका कारण प्रदेश प्रमुखलाई राज्यमन्त्री स्वागतका लागि पुगेको बताएका छन् । उनले भने,‘मुख्यमन्त्री तथा मन्त्रीहरु र स्वयं म पनि जनकपुर धाममा छइन त्यसैले स्वागतका लागि हामी पुग्न सकेनौँ ।’

मन्त्री यादवले प्रदेश प्रमुख झाको पछिल्लो गतिविधिहरु मधेश विरोधी तथा संघीयता विरोधी रहेको बताउँदै भविष्यमा पनि उनको गतिविधि यस्तै रहे सोही अनुरुप आफूहरुले रणनीति बनाउने बताए । 

नव नियुक्त प्रदेश प्रमुख झालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार स्वरुप यो पद दिएको हुनसक्ने मन्त्री यादवको धारणा छ । उनले भने,‘प्रदेश प्रमुखको पद सेरोमोनियल रहेकाले उनको कार्यशैली सकारात्मक रहे सोही अनुरुप सरकारले पनि आफ्नो कदम अगाडि बढाउनेछ ।’





  • प्रकाशित मिति : फागुन ९, २०७७ आइतबार १९:२७:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया