आज कन्चनपुर जाँदै छन् प्रधानमन्त्री ओली

५ पुसमा संसद विघटन गरेपछि पार्टीमा विभाजन आएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सक्रियता बढाएका छन् । पछिल्लो समय उनी काठमाडौं बाहिरका विभिन्न जिल्लामा दैनिक जसो गइरहेका छन् ।

उनका यस्ता भ्रमण कुनै सरकारी छन् त कुनै नेकपाको आफ्नो समूहका भेलाहरु । 

यही क्रममा आज उनी सुदूरपश्चिम प्रदेश पुग्दै छन् । पार्टी विभाजन भए पछि उनको यो दोस्रो सुदूरपश्चिम भ्रमण हो । 

कन्चनपुरको वेदकोट नगरपालिकामा दैजी–छेला औद्योगिक क्षेत्र शिलान्यास गर्न प्रधानमन्त्री ओली आज सुदूरपश्चिम जान लागेका हुन् । प्रधानमन्त्रीसँगै आजको कार्यक्रममा उद्योग तथा वाणिज्य मन्त्री लेखराज भट्ट, वन तथा भूसंरक्षणमन्त्री प्रेम आले, संघीय मामिला मन्त्री गणेश ठगुन्ना तथा श्रममन्त्री गौरीशंकर चौधरी पनि त्यहाँ पुग्दै छन् ।





  • प्रकाशित मिति : फागुन १०, २०७७ साेमबार १०:३२:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया