कञ्चनपुरको दैजीमा महिला अधिकारकर्मी शारदा चन्द सहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली कञ्चनपुर पुगेका बेला निर्मला पन्तको न्यायको माग गरिरहेका चन्दसहित ६ जनालाई नियन्त्रणमा लिइएको हो ।
‘निर्मलाको हत्यारा खै’ र ‘निर्मलालाई न्याय दे लेखिएको टिसर्ट’ २ जनाले लगाएको र ४ जनाले टिसर्ट नलगाएको अवस्थामा नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा अधिकारकर्मी आन्नदी राना, लक्ष्मी मल्ल, निर्मला जोशी भट्ट, खडक विष्ट, र मीना भण्डारी रहेका छन्।
उनीहरुलाई इलाका प्रहरी कार्यालय झलारीमा राखिएको बताइएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।