शंकर पोखरेलले भने– प्रचण्ड–माधवलाई क्षमा दिन सक्छौँ, गोकर्ण विष्टलाई सडकमा पुर्याइदिन

५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै नेकपामा ओली समूह र प्रचण्ड–माधव समूहका नेताहरुले एकअर्कालाई व्यापक गाली र आलोचना गरिरहेका छन् । 

यसरी गाली गर्ने र आलोचना गर्नेमा अग्रस्थानमा छन्, ओली समूहका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल । 

पोखरेलले सामाजिक सन्जालमा होस या विभिन्न कार्यक्रममा किन नहोस्, आक्रामक रुपमा प्रचण्ड–नेपाल समूहका नेताहरुको आलोचना गरिरहेका छन् ।

यहीबीच गुल्मीमा अगुवा कार्यकर्ता भेलामा पुगेका पोखरेलले गोकर्ण विष्ट नसच्चिए उनलाई सडकमा पुर्याइदिने चेतावनी दिएका हुन् ।

त्यस्तै, उनले प्रचण्ड र माधव नेपालले अहिले गल्ती गरेको र उनीहरु सच्चिन खोजे आफूहरुले माफी दिने पनि बताएका छन् ।





  • प्रकाशित मिति : फागुन १०, २०७७ साेमबार २१:४८:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया