म्यानमारमा अहिले दैनिक प्रदर्शन हुने गरेको छ । सैन्य कूविरुद्ध भइरहेको प्रदर्शनमा सोमबार त्यहाँ सबैभन्दा ठूलो प्रदर्शन भएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।
पछिल्लो समय सेनाले प्रदर्शनकारीलाई प्रदर्शन नगर्न र घरमा नै बस्न अनुरोध गरिरहेको छ ।
तर, प्रदर्शनकारीले सैन्य कू फिर्ता नभएसम्म प्रदर्शन जारी राख्ने चेतावनी दिएका छन् ।
१ फ्रेबुअरीमा त्यहाँ सेनाले कू गरेको थियो । यो कूविरुद्धको प्रदर्शनमा त्यहाँ २ जनाले ज्यान गुमाइसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।