इटालियन सिरी ए अन्तर्गत गएराति भएको खेलमा साविक विजेता युभेन्टसले जित हात पारेको छ । किस्टियानो रोनाल्डाको २ गोलको सहयोगमा युभेन्टसले क्रोटोनलाई ३–० ले हराउन सफल भएको हो।
युभेन्टसको मैदानमा भएको खेलमा रोनाल्डोले दुवै गोल पहिलो हाफमा गरेका थिए । पहिलो गोल ३८औँ मिनेटमा र दोस्रो गोल पहिलो हाफको अतिरिक्त समयमा गरेका हुन् । वेस्टन म्याक्केन्नीले खेलको६६ औ मिनेटमा युभेन्टसका लागि तेस्रो गोल गरेका हुन् ।
जितसँगै युभेन्टसले सिरी ए मा २२ खेलमा ४५ अंक जोड्दै तेस्रो स्थानमा उकिलएको छ । शीषै स्थानमा रहेको इन्टर मिलानको २३ खेलमा ५३ अंक छ । दोस्रो स्थानमा रहेको एसी मिलानले २३ खेलमा ४९ अंक बनाएको छ ।
आइतबार राति भएको दुई मिलानबीचको भिडन्तमा इन्टर मिलानले जित हात पारेको थियो ।
यस खेलमा यस सिजनको आफ्नो १७औ र १८औ गोल गरेका रोनाल्डोले इटालियन सिरी ए मा रहेका सबै टिमविरुद्ध गोल गर्ने नयाँ रेकर्ड बनाएका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।