इङ्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा क्रिस्टल प्यालेसले जित हात पारेको छ । क्रिस्टल प्यालेसले ब्राइटनलाई २–१ ले हराउँदै महत्वपूर्ण जित निकालेको हो ।
ब्राइटनको मैदानमा भएको खेलमा क्रिस्टल प्यालेसलाई ब्राइटनले ठूलो दवाव बनाएको थियो । बल तर कडा प्रतिरक्षा गर्दै क्रिस्टल प्यालेस जित निकाल्दै ३ अंक जोड्न सफल भएको हो ।
खेलको २८औँ मिनेटमा जिन–फिलिपे मातेताले गोल गरी क्रिस्टल प्यालेसलाई अग्रता दिलाएका थिए । ५५औँ मिनेटमा ब्राइटनका लागि डिफेन्डर जोएल वेल्ट्म्यानले गोल गर्दा खेल बराबरीमा पुगेको थियो। खेल बराबरीमा सकिनै लागेका बेला ब्राइटनले गोल खाएको हो।
इन्जुरी समयको पाँचौँ अर्थात ९५ औँ मिनेटमा क्रिष्टियन बेन्तेकेले गोल गरी ब्राइटनबाट ३ अंक खोस्न सफल भएका हुन् ।
जितपछि २५ खेलबाट ३२ अंकसहित क्रिस्टल प्यालेस १३औँ स्थानमा उक्लिएको छ । ब्राइटन २६ अंकसहित १६औँ स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।