अदालतमा साक्षी बसेका दम्पती घरबाटै बेपत्ता, सुतेको ठाउँमा रगतको छिटा
झा दम्पत्ति बेपत्ता पारिएको विरोधमा जनकपुरमा प्रदशर्न गर्दै स्थानीय । तस्वीर : फरकधार

महोत्तरीमा मोही जग्गाको मुद्दामा अदालतमा साक्षी बसेका एक दम्पती घरबाटै  बेपत्ता भएका छन् ।

जिल्लाको पिपरा गाउँपालिका–५ सहोडवाका ६५ वर्षीय मोसाफिर झा र उनकी ६० वर्षीया पत्नी गीतादेवी झालाई सोमबार राति घरबाटै अपहरण गरिएको हुनसक्ने प्रहरीको आशंका छ । 

उनीहरु सोमबार राति आफ्नो घरमा सुतेकै ठाउँबाट बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले जानकारी दिए । 

आज बिहान झा दम्पतीलाई घरमा नभेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । झा दम्पती बेपत्ता भएको ठाउँमा रगतको छिट्टा समेत देखिएकोले घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ। दुवै जनाको खोजी तीव्र रूपमा भइरहेको प्रहरी नायव उपरीक्षक बिष्टले जानकारी दिए। 

झा दम्पति मोही जग्गा विवादको मुद्दामा साक्षी बसेको र अदालतमा विचाराधीन रहेको मुद्दाका विपक्षीसँग उनको केहि दिन अघि विवाद भएको स्थानीयले बताए। 

झा दम्पतीको खोजी चाँडो भन्दा चाँडो गर्नुपर्ने माग गर्दै स्थानीयले अहिले चक्काजाम गरी जनकपुर–जलेश्वर सडक खण्ड अवरुद्ध गरिरहेका छन् । 




 



  • प्रकाशित मिति : फागुन ११, २०७७ मंगलबार ११:२९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया