आत्महत्या रोकथामको कथा ‘वरदान’मा

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा सर्ट फिल्म ‘वरदान’ बनेको छ । हालै छायांकन सकिएको यो सर्ट फिल्ममा अभिनेता दयाहाङ राई तथा अभिनेत्री नम्रता श्रेष्ठले अभिनय गरेका छन् ।

‘वरदान’ले मानसिक स्वास्थ्य र आत्महत्या रोकथामको विषयलाई उठान गरेको छ । ‘वरदान’मा यो समाजका विविध कारणले गर्दा आत्महत्या गर्न बाध्य एक महिलाको कथा हेर्न सकिने निर्देशक लामाले बताए ।

कोरोना र लकडाउनपछि मानसिक स्वास्थ्यबारे बहस उठेकाले यस विषयमा सर्ट फिल्म बनाएको लामाको भनाइ छ । डिप्रेसनमा गएकाहरुले आत्महत्याको बाटो रोज्ने सम्भाव रहने भएकाले उनीहरुलाई सही सल्लाह दिनसके बचाउन सकिने भन्दै यो सर्ट फिल्मले यस्तै प्रयास गरेको लामाले बताए ।

कोसिस नेपालले निर्माण गरेको ‘वरदान’मा नम्रता श्रेष्ठले शीर्ष भूमिका निर्वाह गरेकी छन् । २० मिनेट लामो ‘वरदान’मा नम्रता र दयाका साथमा प्रवीण खतिवडा, लुनिभा तुलाधर, पुष्कर गुरुङ, जयनन्द लामा, शारदा गिरी, सुनिता श्रेष्ठ र कृष्णभक्त महर्जनले अभिनय गरेका छन् ।

शैलेन्द्र डि कार्कीको छायांकन रहेको ‘वरदान’ निमेष श्रेष्ठले सम्पादन गरेका हुन् । केही दिनपछि अनलाइन प्ल्याटफर्ममा यो सर्ट फिल्म रिलिज गरिने निर्देशक लामाले बताएका छन् ।





  • प्रकाशित मिति : फागुन ११, २०७७ मंगलबार १२:४०:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया