नेपाली बजारमा गत साता क्रमिक ओरालो लागिरहेको सुनको मूल्य फेरि बढ्न थालेको छ।
अघिल्लो दिनको भन्दा मंगलबार तोलामा १ हजार १ सय रुपैयाँले बढेको छ। मंगलबारका लागि छापावाल सुनको कारोबार मूल्य प्रतितोला ९० हजार १ सय रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार प्रतितोला ८९ हजारमा स्थिर थियो।
गत साता छापावाल सुन प्रतितोला ८८ हजार २ सयसम्म पुगेको थियो। फेरि बढ्दै तोलाको ९० हजारमाथि उक्लिएको हो। सुनको मूल्य तीन दिनमा प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको छ।
आइतबार ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन सोमबार स्थिर रहे पनि मंगलबार १ हजार १ सयले बढेर ८९ हजार ६५० रुपैयाँमा कारोबार भएको छ ।
चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढ्दा मंगलबार प्रतितोला १ हजार ३६० रुपैयाँ भएको छ। सोमबार ५ रुपैयाँ बढ्दा प्रतितोला १ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस १८१२.५७ डलर भएको छ। चाँदीको मूल्य प्रतिऔंस २८.१६ डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।