केपी ओली हारिसके, अहिलेको युद्ध हामीले जित्दैछौँ : प्रचण्ड

नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजन गर्ने षड्यन्त्र गरिरहेको बताएका छन् ।

'जनयुद्धको हस्ताक्षर' नामक पुस्तकको मंगलबार काठमाडौंमा विमोचन गर्दै अध्यक्ष प्रचण्डले धेरै दुःख गरेर पार्टी मिलाएको बताउँदै त्यसलाई विभाजन गर्न प्रधानमन्त्री ओलीले षड्यन्त्र गरेको आरोप लगाएका हुन्।

‘एकताको झण्डा हामीले उठाएका छौं। केपीजीले फुटको बाटो रोज्नुभयो, विघटन र विसर्जनको बाटो रोज्नुभयो,’ उनले भने, ‘उहाँले पार्टीलाई पनि फुटतिर लैजानुभयो । संविधान र लोकतन्त्र पनि बिसर्जन गर्ने बाटोतिर जानुभयो। मुद्दा त उहाँले हारिसक्नु भयो । तर फेरि पनि व्यवहारिक रुपले त्यसलाई परास्त गर्न यो युद्ध हामीले जित्नु पर्छ ।’

संसद् विघटनको मुद्दामा सर्वोच्च अदालतले सही फैसला गर्नेमा विश्वस्त रहेको उनले उल्लेख गरे। प्रचण्डले ५ पुसपछि आफूहरु रक्तपातविहीन नयाँ युद्धमा रहेको सुनाए। ‘अदालतप्रति हाम्रो विश्वास छ, सही फैसला गर्छ,’ उनले भने। संसद विघटनलाई प्रतिगमन भन्दै प्रचण्डले त्यसविरुद्धको आन्दोलनलाई शान्तिपूर्ण युद्ध भने। ‘अहिलेको युद्ध हामीले जित्नु छ', उनले भने, 'हामीले नै जित्छौँ।'





  • प्रकाशित मिति : फागुन ११, २०७७ मंगलबार १४:२२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया