धनुषाबाट साढे २५ लाख रुपैयाँसहित दुईजना हुण्डी कारोबारीलाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा महोत्तरी बस्ने एकजना टेन्ट व्यवसायी संजय साह र भारत पिपरौनका सुमित यादव रहेका छन् ।
जिल्लाको जटही नाकाबाट साढे २५ लाख रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको टोलीले गोप्य सूचनाका आधारमा साढे २५ लाख हुण्डी रकमसहित भारततर्फ जाँदै गर्दा उनीहरुलाई जटही नाकाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक रानाभाटले बताए ।
भारतीय नम्बर प्लेटको मोटरसाइकलबाट पक्राउ परेका रकम सहित दुवै जनालाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको उनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।