प्रधानमन्त्री ओली आफूनिकटसँग छलफलमा

सर्वोच्च अदालतले संसद् विघटनलाई बदर गरिदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकटका व्यक्तिहरुलाई छलफलका लागि बालुवाटार बोलाएका छन् ।

अदालतको फैसलासँगै आगामी कदमबारे धारणा बनाउन केही मन्त्रीहरुलगायत नेताहरु बालुवाटारमा छलफलका लागि सहभागी भएको बताइएको छ ।

यसैबीच, ओली निकट नेतृ एवं संसदमा नेकपाकी सचेतक शान्ता चौधरीले सर्वोच्चको फैसलाप्रति सम्मान रहेको बताएकी छिन् । ‘अस्थिरता फैलाउने र विग्रहमा रमाउनेहरुका विरुद्ध र नेपाली जनताका पक्षमा एकजुट हुने छौँ,’ चौधरीको टिप्पणी छ । 





  • प्रकाशित मिति : फागुन ११, २०७७ मंगलबार १९:२०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया