नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।
प्रतिनिधिसभा पुनःस्थापनापछि मंगलबार साँझ चितवनबाट अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीमा अलिकति पनि लाज घिन भए राजीनामा दिनुपर्ने बताएका हुन्।
‘यदि तपाईंमा अलिकति पनि लाज छ भने, अलिकति पनि घिन र नैतिकता छ भने राजीनामा दिनुस्,’ उनले ओलीलाई भनेका छन्।
प्रचण्डले ओलीतिर गएका सांसद र नेताहरुलाई आफ्नो समूहमा फर्किन पनि आग्रह गरेका छन्।
'ओलीसँग गएका सांसद हाम्रो नेतृत्वको नेकपामा आउनुहोस् हामी स्वागतका लागि तयार छौँ', उनले भने। संसद पुनःस्थापनापछि प्रचण्ड र माधव नेपालले चितवनमा एकअर्कालाई लड्डु खुवाएर खुसी साटेका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।