नेपाली बजारमा सुनको मूल्य फेरि ओरालो लागेको छ । मंगलबार तोलामा ११ सय रुपैयाँले बढेको सुनको मूल्य बुधबार तोलामा ३ सय रुपैयाँले घटेको छ।
बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ८ सय रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार कारोबार मूल्य प्रतितोला ९० हजार १ सय रुपैयाँ थियो।
मंगलबार १ हजार १ सयले बढेर ८९ हजार ६५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन बुधबार ८९ हजार ३५० मा कारोबार भएको छ ।
चाँदीको मूल्यमा पनि गिरावट आएको छ। अघिल्लो दिनको भन्दा १५ रुपैयाँले घटेर बुधबार प्रतितोला १ हजार ३४५ रुपैयाँ भएको छ। मंगलबार २५ रुपैयाँ बढ्दा प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस १८०८ २३ डलरमा कारोबार थियो भने मंगलबार सुन प्रतिऔंस १८१२.५७ डलरमा कारोबार भएको छ । यस्तै चाँदी २८. १६ डलरमा कारोबार भएको थियो।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।