नेप्सेमा प्राविधिक समस्या : निफ्राको सेयर एक सय प्रतिशतले घट्यो

फागुन १२ गते बुधबार नेप्सेको सिस्टममा समस्या देखिएको छ । प्राविधिक समस्याका कारण नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य १०० प्रतिशत घटेको छ ।

२० करोड कित्ता सेयर सूचीकृत भएको सो बैंकको सेयर मूल्य ५९४ रुपैयाँ घट्दा समग्र नेप्से नै घटेको छ ।

कारोबार खुलेको पहिलो मिनेटमा नै नेप्से परिसूचक १७ अंकले बढेको देखाएको थियो । त्यसपछि परिसूचक घटेको देखियो ११ बजेर १८ मिनेट जाँदा नेप्से परिसूचक १ दशमलव ६६ अंकले बढेको देखिएको थियो । त्यसको २ मिनेटमै नेप्से परिसूचक ३ दशमलव १९ प्रतिशतले घटेको देखिएको थियो ।

संसद पुनःस्थापनापछि बुधबार खुलेको सेयर कारोबारमा प्राविधिक समस्या देखिएको छ । कारोबार खुलेसँगै बढ्न सुरु भएको बजारमा कारोबार गर्न समेत नसकिएको लगानीकर्ताले गुनासो गरेका छन् ।

संसद पुनःस्थापना भएसँगै सेयर बजारमा उत्साह देखिने लगानीकर्ताहरूको अनुमान थियो । मंगलबार तीव्र उतारचढावपछि २१ अंकले घटेको बजारलाई लगानीकर्ताले राजनीतिक कारणले मनोबल घटेको प्रतिक्रिया दिएका थिए । तर, अनपेक्षित तरिकाले नेप्सेको वेवसाइटमै समस्या देखाएर बजार घटाउन थालिएको लगानीकर्ताको आशंका छ ।

एक/दुई मिनेटकै फरकमा यस्तो घट्नु शंकास्पद भएको सेयर बजारका सक्रिय लगानीकर्ता प्रवीण श्रेष्ठ बताउँछन् । यहाँ चलखेल भएको हुनसक्ने उनको आशंका छ ।



नेप्सेका सिइओ भन्छन् बुझ्दैछु

नेपाल स्टक एक्सचेञ्जका प्रमुखकार्यकारी अधिकृत चन्द्रसिंह साउदले भने समस्याबारे अहिले आफूले जानकारी पाइनसकेको बताए । प्राविधिक समस्या आएको हुनसक्ने भन्दै उनले यस विषयमा तत्कालै एक्सन लिने बताएका छन् ।



‘के कसो भएको हो यसबारे म बुझ्दैछु, केही बेरमा थाहा होला’ साउदले भने ।

  • प्रकाशित मिति : फागुन १२, २०७७ बुधबार १३:२३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया