भूतपूर्व प्रहरी संगठनमा सुकबहादुर

पूर्व प्रहरीले सेवामा रहँदा सिकेको ज्ञान समाजमा लागू गर्ने उद्देश्यले लमजुङको मध्यनेपाल नगरपालिकामा भूतपूर्व प्रहरी संगठन गठन गरिएको छ । 

मध्यनेपाल नगरपालिकाका दस वटै वडामा रहेका पूर्व प्रहरीहरूले भेला आयोजना गरी नगरस्तरीय भूतपूर्व प्रहरी संगठन तयार पारेका हुन् ।

भेलाले समितिको अध्यक्षमा सुक बहादुर विक, उपाध्यक्षमा भोजराज  घिमिरे, सचिवमा लक्ष्मण कुँवर, कोषाध्यक्षमा गंगाबहादुर रानाभाटलाई चयन गरेको छ । संगठनको सदस्यहरूमा श्रीराम केसी, सुदीप भण्डारी, रामप्रसाद अधिकारी, रामजी कुँवर, महेश विक, पूर्णबहादुर विक र मीना गुरुङ चयन भएका छन् । 

कार्यक्रममा मध्यनेपाल नगरपालिकाका मेयर रमेश पाण्डेले पूर्व प्रहरीहरूको समाजमा सधै सकारात्मक भूमिका हुनु पर्नेमा जोड दिए । उनले संगठनको हितका लागि आफूले गर्न सक्ने सहयोग गर्ने पनि आश्वासन दिए । 

भोर्लेटार इलाका प्रहरी कार्यलयका प्रमुख प्रहरी निरीक्षक बोधराज रेग्मीले सेवामा रहँदा लिएका अनुभवहरूको माध्यमबाट सुरक्षित समाज निर्माणमा लाग्न अनुरोध गरे । नव गठित समितिका अध्यक्ष सुकबहादुर विकले प्रहरी तथा सिङ्गो समाजको हितमा काम गर्ने बताए ।





  • प्रकाशित मिति : फागुन १२, २०७७ बुधबार १४:२२:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया