काठमाडौं : सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापित गरिदिएपछि प्रधानमन्त्री केपी शर्मा ओली आन्तरिक परामर्शमा जुटेका छन्। सर्वोच्चले १३ दिनभित्र संसद बोलाउन निर्देशनात्मक आदेश दिएपछि ओलीले राजनीतिक तथा कानुनी परामर्श थालेका हुन्।
ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बुधबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री राजीनामाको संकेत गरेका हुन्।
परराष्ट्रमन्त्रीसमेत रहेका प्रवक्ता ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन सक्ने संकेत गरेका छन्। उनले आफूहरु अन्य राजनीतिक दलहरूसँग परामर्शमा रहेको बताउँदै प्रधानमन्त्रीले मुलुकलाई फाइदा पुग्ने गरि निर्णय लिने बताए।
‘दलहरूसँग परामर्श र सुझावका आधारमा प्रधानमन्त्रीले निर्णय गर्नुहुन्छ', उनले भने, 'मुलुकलाई अन्योलमा राख्नु हुँदैन भन्ने हाम्रो भनाइ हो । प्रधानमन्त्रीले देशका लागि जे उपर्युक्त हुन्छ त्यो गर्नुहुन्छ’, उनले भने ।
बुधबार बसेको स्थायी कमिटीको बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता ज्ञवालीले सर्वोच्च अदालतको निर्णय स्वीकार गर्दै तोकिएको समयमा संसद बैठक राख्न सरकार तयार रहेको पनि बताए
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।