बसपार्कमा टुकोन आबद्ध नेपाल यातायात श्रमिक संघ गठन

राप्रपा निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन) आबद्ध नेपाल यातायात श्रमिक संघ नयाँ बसपार्क कार्यसमिति गठन भएको छ ।

गोंगबुस्थित नयाँ बसपार्कमा आयोजित भेलाले प्रज्वलजंग शाहीको अध्यक्षतामा समिति गठन गरेको हो ।

समिति गठन गर्न आयोजित भेलालाई सम्बोधन गर्दै टुकोनका अध्यक्ष हिक्मतजंग भण्डारीले अन्य श्रमिक संगठनको प्रभुत्व गिर्दै गएको अवस्थामा टुकोन देशव्यापी संगठन विस्तारमा होमिएको बताउँदै नयाँ बसपार्कमा टुकोन आबद्ध नेपाल यातायात श्रमिक संघको गठनले थप उत्साह आर्जन भएको बताए ।

श्रमिकहरूको सहयोगको बलमा सत्तामा पुगेका राजनीतिक दल र उनीहरूका संगठनहरूले श्रमिकको हितमा कुनै कार्य गर्न नसकेकाले श्रमिकहरूको आवाज बुलन्द गर्न टुकोनको विधिवत गठन भएकाले टुकोनमा आबद्ध हुन उनले आम श्रमिकलाई आग्रह गरे ।

कार्यक्रममा टुकोनका उपाध्यक्ष बालकुमार श्रेष्ठ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष महेशबहादुर सिंह, नवगठित कार्य समितिका अध्यक्ष प्रज्वलजंग शाही, समितिका सल्लाहकार हिराकाजी श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए भने सो कार्यक्रमको सञ्चालन टुकोनका उपमहासचिव आनन्दकुमार रिसालले गरेका थिए ।

नवगठित समितिको उपाध्यक्षमा अशोकबहादुर गुरुङ, सचिवमा गोविन्द प्रचण्ड सिंह, कोषाध्यक्षमा मदन लामा तथा सदस्यमा गमान सिंह खत्री, एलक्स पुन, गोविन्द क्षेत्री, रविन थापा, काजी भट्ट, हेमराज घर्ती, लोकेन्द्र राणा, पूर्ण बहादुर थापा, जित नेपाल, पवित केसी, जेरीजंग क्षेत्री, शतिस पाण्डे, निश्चल थापा, रवि धामी, विशाल गुरुङ, आशिष लामा, प्रवीण चापागाईं र नवराज निउरे रहेका छन् ।



त्यस्तै समितिको सल्लाहकारमा हिरा श्रेष्ठ, आइत बहादुर तामाङ (बाबु), राधे मगर, शान्त बहादुर डाँगी, प्रयाग बहादुर थापा मगर र गोपाल पाण्डे रहेका छन् ।



  • प्रकाशित मिति : फागुन १२, २०७७ बुधबार १६:३७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया