प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्छ : कांग्रेस सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद पुनर्स्थापना भएपछि प्रधानमन्त्री केपी ओलीले राजीनामा दिनुपर्ने बताएका छन् । काठमाडौंमा महेन्द्रनारायण निधिको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले सो कुरा बताएका हुन् । 

नेकपाका कारण राजनीतिक परिस्थिति बिग्रिएको भन्दै देउवाले संसद पुनर्स्थापनापछि प्रम ओलीले राजीनामा दिए राम्रो हुने, तर उनले राजीनामा दिनेमा आफूलाई शंका रहेको उनले बताए ।

अहिलेको राजनीतिक लफडा नितान्त नेकपाभित्रको लफडा भएको भन्दै देउवाले त्यसमा आफूहरुले कुनै प्रकारको हस्तक्षेप नगर्ने बताए । ‘जनताभन्दा ठूलो कोही हुँदैन, देउवाले भने, ‘निर्वाचनमा जनताले नेकपालाई मत दिएका थिए ।’  

विकसित राजनीतिक घटनाक्रमलाई कांग्रेसले गम्भीरतापूर्वक हेरिरहेको देउवाले बताए । कांग्रेस प्रजातान्त्रिक मूल्य–मान्यतामा विश्वास गर्ने पार्टी भएको भन्दै उनले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्छ भन्नेमा आफू सुरुदेखि नै विश्वस्त रहेको बताए । 

कांग्रेसले आउँदो भदौ १९ भित्र जसरी पनि पार्टीको महाधिवेशन गर्नुपर्ने कानुनी बाध्यता रहेको भन्दै देउवाले घोषित मितिमा महाधिवेशन गर्ने पनि बताए । कांग्रेसभित्र रहेको आन्तरिक द्वन्द्व पनि चाँडै समाप्त हुने उनको विश्वास थियो । 





  • प्रकाशित मिति : फागुन १२, २०७७ बुधबार १७:१५:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया