महिला लघुवित्तको आइपिओ बाँडफाँट शुक्रबार

महिला लघुवित्त वित्तीय संस्थाको आइपिओ आगामी शुक्रबार बाँडफाँट हुने भएको छ । 

नेपाल एसबिआई मर्चेन्ट बैंकिङले शुक्रबार बिहान ८ बजे आइपिओ बाँडफाँट हुने जनाएको छ ।

महिला लघुवित्तले गत माघ ३० गतेबाट कुल चार करोड रुपैयाँबराबरको आइपिओ निष्कासन गरेको थियो । 

१०० रुपैयाँका दरले कुल चार लाख कित्तामध्ये पाँच हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ । 

२० हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको मर्चेन्टले जनाएको छ ।





  • प्रकाशित मिति : फागुन १२, २०७७ बुधबार १७:२६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया