सुर्खेतमा प्रचण्ड–माधव पक्षको विजयोत्सव

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेको खुसियालीमा प्रचण्ड–माधव समूहले सुर्खेतमा विजय उत्सव निकालेको छ । बुधबार दिउँसो वीरेन्द्रनगरस्थित मंगलगढी चोकबाट नाचगानसहित निकालिएको र्याली पिपलचौतारा पुगेर सभामा परिणत भएको थियो ।
 
र्यालीमा प्रचण्ड–माधव समूहका नेता तथा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी, प्रतिनिधिसभा सदस्य ध्रुवकुमार शाही, प्रदेशसभा सदस्यहरु बिन्दमान विष्ट, पद्मा खड्का, गणेशप्रसाद सिंहलगायत नेता तथा कार्यकर्ताको सहभागिता  थियो । निधारमा अबिर, हातमा सूर्य चिह्नसहित सडकमा आएका उनीहरुले जनताको जित भएको बताएका थिए । 

साथै, उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । कार्यक्रममा प्रतिनिधिसभा सदस्य ध्रुवकुमार शाहीले ओलीको असंवैधानिक कदम जनतासामु पतन भएको बताए । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेर सर्वोच्चले न्यायको अनुभूति दिएको उनको भनाइ छ । 





  • प्रकाशित मिति : फागुन १२, २०७७ बुधबार १९:१७:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया