प्रेमी थिर कोइरालासँग विवाह बन्धनमा बाँधिइन् अञ्जु पन्त

गायिका अञ्जु पन्तले प्रेमी थिर कोइरालासँग बुधबार विवाह गरेकी छिन् । उनीहरु एक वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए । 

अञ्जु र थिरबीच एक टेलिभिजन कार्यक्रमका सिलसिलामा भेट भएको थियो । थिरले सञ्चालन गर्ने गरेको ‘टक सो’मा अञ्जु अतिथि भएर गएकी थिइन् । 

उनीहरु दुवैजनाले क्रिश्चियन धर्म मान्दै आएका छन् । बुधबार पाटनको एक चर्चमा उनीहरुको विवाह भएको बुझिएको छ ।  

केही समयअघि मात्रै उनीहरुको प्रम सम्बन्धबारे खुलासा भएको थियो । दुवैजनाले प्रमे स्वीकार्दै बिहे गर्ने विषयमा कुराकानी भएको, तर मिति पक्का नभएको बताएक थिए । 

अञ्जुको यो दोस्रो विाह हो । यसअघि गायक तथा स‌ंगीतकार मनोज राजसँग विवाह गरेकी उनकी परितोषिका नामकी एक छोरी छिन् । छोरीकै दबाबमा आफूले विहे गर्न लागेको अञ्जुले बताउँदै आएकी छिन् ।  





  • प्रकाशित मिति : फागुन १२, २०७७ बुधबार १९:५७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया